काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए ।विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुन:मूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।
आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे । ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ’, पुनले भने, ‘कुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले धुलो टकटकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठुलठुला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’
जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए । पुनले जनताले गरेको खबरदारीलाई सच्चिनका लागि दिएको अवसरका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित
धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी
मतदानअघि राष्ट्रिय स्वाधीनता र भविष्यका मुद्दा स्मरण गर्न वर्षमान पुनको अपिल
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ: वर्षमान पुन
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन