बामदेवलाई चाहियो प्रधानमन्त्री !

पत्रपत्रिकाबाट

शुक्रबार, २५ पुस २०७६, ०७ : २८
बामदेवलाई चाहियो प्रधानमन्त्री !

काठमाडौं । सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको छ। गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमले ‘संविधान संशोधन’ को सर्त राखेका थिए।

संविधानको धारा ७६ को ९१० मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ। यो धाराअनुसार राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने छैनन्। तर नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्।

नेता गौतमकै निवास भैंसेपाटीमा बुधबार भएको छलफलमा सहभागी प्रधानमन्त्री ओली इतरका नेताहरूले गौतमले उठाउँदै आएको विषयमा पुनः एकपटक प्रधानमन्त्री ओलीसँग नीतिगत छलफल गर्ने समझदारी बनाएको सहभागी एक नेताले बताए।

यसअघि प्रधानमन्त्री ओलीले गौतमको सर्त अस्वीकार गरिदिएपछि गौतम ९ माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा उम्मेदवार नबन्ने निष्कर्षमा पुगेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस