कविता : आँसु

आइतबार, २० पुस २०७६, १४ : ३६
कविता : आँसु

- हिरा लामा

मालिक !
आँसु त तिम्रो नि झर्दो हो नि !
मेरो जसरी ....आँखाबाटै !
तर कति अन्तर छ नि ,
आँसु आँसुमा !
आँखा आँखामा !
तिमी आँसुमा खुसी भेट्छौ
खुशीकै आँसु झार्छौ
म आँसुमा पीडा भेट्छु !

तिमी आँखाले खुशी हेर्छौ
आँखाले नै खुशी बाँड्छौ !
म पीडाको आँखा देख्छु !

हो ,मालिक !
म तिम्रो आँखाबाट खुसीको आँसु खोस्न आको हैन
तिम्रो जस्तै आँसु बनाउन लगानी गरेको मेरो श्रमको मुल्य लिन आको हुँ !

प्रतिक्रिया दिनुहोस