दिल्ली । भारतको राजधानी दिल्लीको लाजपत नगरमा स्मोग टावर लगाइएको छ । २० फिट उचाईको यो स्मोग टावरले ७२० मिटर वरपर क्षेत्रको हावा शुद्ध गर्नेछ ।
स्मोग फ्रि टावरले दैनिक अढाई लाखदेखि ६ लाख क्यूबिक मिटर हावा सफा गर्नेछ । यसलाइ संचालन गर्न हरेक महिना तीस हजार भारु खर्च हुने संचालकहरुले बताएका छन् ।
स्मोग टावर संचालनमा लाग्ने खर्च मार्केट एसोसिएशनले तिर्नेछ । प्रदुषित दिल्लीको अवस्थामा सुधार ल्याउनको लागि पचास हजारभन्दा बढी टावरको आवश्यता छ ।
फ्रान्समा बनेको ‘शुद्ध’ नाम दिइएको एयर प्युरिफाइरलाई टे«ड्र्स एसोसिएशन लाजपत नगर र गौतम गम्भिर फाण्डेशनले लगाएको हो ।
एसोशियनका महासचिव अश्विनी मारवाहका अनुसार टावरले २ घण्टाभित्र हावा सफा गरेर एक्युआई ५० भन्दा माथि जान दिदैन ।
बिहिबार दिल्लीमा वर्षाको कमी र हावाको गति मन्द हुदाँ दिल्ली–एनसीआरको हावा गुणस्तर अत्यन्त गोखिमपूर्ण वर्गिकरणमा रहेको देखिएको थियो ।
बिहिबारकै मापनमा देशका ९९ सहरमध्ये ७ स्थानको हावा गुणस्तर अत्यन्त जोखिमपूर्ण वर्गिकरणमा रह्यो । यसमा दिल्ली–एनसीआर क्षेत्रकै तीन सहर थिए ।
भारतको हावाको मापनमा बिहिबार सबैभन्दा खराब हावा बिहार राज्यको मुजफ्फरपुरमा देखियो । यहाँ एक्युआई ४५० मापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ पुस २०७६, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा