काठमाडौं । प्रधानमन्त्री ओली र मोदी सीमा समस्या समाधान गर्न सहमत सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ।
वार्तामार्फत द्विपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उनीहरूबीच संवाद भएको हो।इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
गत कात्तिक दोस्रो साता भारतले नेपालका कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली–मोदीबीच पहिलोपटक संवाद भएको हो। सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र यो वर्ष २०२० अझै उचाइमा पुर्याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
ओलीको निर्णयविरुद्ध भण्डारी अदालत जाने
ओलीसँग भेटवार्ता गर्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली