काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरका अनुसार ना २ क ३३८ नम्बरको टिपर शुक्रबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको घटना स्थलमै मृत्यु भएको छ ।
उनका अनुसार ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको थियो । ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु