काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरका अनुसार ना २ क ३३८ नम्बरको टिपर शुक्रबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको घटना स्थलमै मृत्यु भएको छ ।
उनका अनुसार ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको थियो । ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु