काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो । सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आग्रह गरेपछि निगरानी सुरु गरेको बताउनुभयो ।
डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताउनुभयो । उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०७६, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु