काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न उपसमूहका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शुक्रबार सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्राविधिक प्रहरी जवानसम्मका पदहरूमा नयाँ भर्ना खोलेको हो ।
प्रहरीले सूचना प्रविधि, सञ्चार, इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, अटोमोबाइल), विधि विज्ञान, स्वास्थ्य र सङ्गीत जस्ता विविध विधामा जनशक्ति माग गरेको छ ।
जसअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षक पदका लागि उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन भर्ती व्यवस्थापन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ । यद्यपि, प्राविधिक प्रहरी जवान पदका लागि भने उम्मेदवार स्वयम् तोकिएको कार्यालयहरूमा उपस्थित भई दरखास्त दिनुपर्ने प्रावधान राखिएको छ ।
अनलाइनमार्फत आवेदन दिने म्याद चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म तोकिएको छ भने जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिनेछ । उमेरका हकमा पद अनुसार न्यूनतम १८ देखि २३ वर्ष पूरा भई अधिकतम २८ देखि ३५ वर्ष ननाघेको हुनुपर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)