काठमाडौ । नेपाल प्रहरीका २४ जना कर्मचारीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालय, कानून तथा मानव अधिकार महाशाखाले आज एक सूचना प्रकाशित गर्दै सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूलाई बाटोको म्याद बाहेक ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।
कार्यालयका अनुसार गैरहाजिर रहेका उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावलीबमोजिम घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका थिएनन्। सूचनामा भनिएको छ, 'आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला।'
तोकिएको समयभित्र पनि हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ। यो सूचनालाई नै प्रहरी नियमावलीको अनुसूची १४ अनुसार अन्तिम पटक 'सफाइको मौका' दिइएको रूपमा लिइने महाशाखाले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस