काठमाडौं । काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०७६, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ