काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनले भने, “लामाले अजरवैजान र फिजी पठाउने भन्दै २६ लाख ६३ हजार ७१० रुपैयाँ, बुढाथोकीले ब्रुनाई पठाउने भन्दै चार लाख ५० हजार रुपैयाँ तथा महर्जनले अष्ट्रिया पठाउने भन्दै १७ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।”
पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ