काठमाडौं । गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।
एसएसपी थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए । बाहुन अहिले केन्द्रीय कारागारमा छन् भने लामा सिक्किमतिर लुकेर बसेको मानिन्छ ।
दुर्गा राई ५ वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ