नयाँदिल्ली । भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ । विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ ।
भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा र दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आउन जान निषेध गरिएको थियो । प्रदर्शनकारीहरुले जन्तर मन्तरमा भेला भएर नारावाजी गर्दै बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्थी र विभिन्न दलका समर्थक सहभागी भएका थिए ।
दिल्ली लगायत देशभरि प्रदर्शनकारीहरुले राष्ट्रीय नागरिकता दर्ता (एनआरसी) र नगरिकता संशोधन कानून (सीएबी) को विरोधमा आन्दोलन चर्काउदै गएका छन् । दिल्लीमा भएको प्रदर्शनमा कांग्रेस नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत नेता कार्यकर्ता सहभागी भएका थिए ।
प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलो पटक टेलिफोन सेवा बन्द गरिएको छ । मोबाइल सेवा इन्टरनेट सेवा समेत बन्द गरिएको भारतीय मिडियाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०७६, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’