काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएको छ । आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभर सकिँदा सबै विकेट गुमाएर ११४ रनमात्रै बनायो ।
शीर्षक्रम चल्न नसकेपछि पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भयो । पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए ।
पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे । अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे ।
शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे ।
अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे ।
शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए ।पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए ।
कप्तान सलमान अली आघा, शाहिन साह अफ्रिदी, र उसमान तारिकले समान एक विकेट लिए । यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ । तीन खेलबाट नौ अंक बनाएको भारतले यसअघि अमेरिकालाई २९ र नामिबियालाई ९३ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित