हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गर्नुभएको छ ।
‘काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।
सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्थासमेतको सहभागितामा ‘भोकै कोही पर्दैनन, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ जसको कोही छैन, त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय, खानपान तथा औषधोपचारसमेतको व्यवस्था गर्ने, परिवार भएकाहरुलाई परिवारको जिम्मा लगाउने तथा आगामी दिनमा समेत सडक मानवरहित महानगर बनाउने सङ्कल्पसहित शुभारम्भ हुन लागेको महाअभियान आफैँमा महत्वपूर्ण भएको उल्लेख छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ मंसिर २०७६, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा