बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, १४ : ३२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो । विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो । उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने सन्दर्भमा कानुनी परामर्शसमेत भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस