मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा

सफल खबर संवाददाता

शुक्रबार, ०८ जेठ २०८३, ०८ : ५८
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनु अघि उनले आफ्नो सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्रीलाई बर्खास्त गरेका छन् भने सरकार बाहिर रहेको नेकपा एमालेलाई सरकारमा सहभागी गराएका छन् । 

एमाले बाहेकका दलहरु मिलेर कांग्रेस नेता समेत रहेका कृष्णप्रसादको नेतृत्वमा मधेस प्रदेश सरकार बनेको थियो । यधपी, यो सरकारबाट सिके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएपछि सरकारलाई विश्वासको मत प्रदेश सभामा लिनुपर्ने बाध्यता आईलागेको थियो । कांग्रेस, नेकपा र जसपाका बीचमा यही सरकारलाइृ अगाडी बढाउने समझदारी बनेपछि मुख्यमन्त्री यादवले गत हप्ता प्रदेश सभामा विश्वासको मत लिने अन्तिम तयारी गरेका थिए । 

तर, अनितम समयमा जसपाका केही नेताले फलोर क्रम गरेर विश्वासको मत नदिन लागेको सूचना पाएपछि उनले अन्तिम समयमा विश्वासको मत लिने दिन सारेका थिए । 
उनले आजसम्म प्रदेश सभामा विश्वासको मतको परिक्षण गर्नुपर्ने बाध्यता थियो ।

यहीवीच नयाँ राजनीतिक समिकरण बनेको छ । प्रदेश सरकारमा मधेसमा एमालेलाई भित्राउने र अन्य प्रदेशमा नेकपालाई भित्राएर कांग्रेस, एमाले र नेकपाको बाम लोकतानिधक गठबन्धन सरकार बनाउने तयारी भएपछि मधेस प्रदेश सरकारमा एमालेको इन्टी भएको हो । यो इन्टीसँगै अब मधेसमा कांग्रेस नेतृत्वको सरकार बलियो बनेको छ । उसले आजै प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेको छ । 

विश्वासको मत लिनु अघि गए राती नै जसपाका तीन मन्त्रीलाई बर्खास्त गदै मुख्यमन्त्री यादवले एमालेका एक प्रदेश सभा सांसदलाई सरकारमा भित्राएका छन् । र महत्वपूर्ण मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् । 

मधेस प्रदेशका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेका अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद्को पुनर्गठनसहित कार्यविभाजन गरेका हुन्।  

कार्यविभाजन गर्दा मुख्यमन्त्री कृष्णप्रसाद यादवले अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफूसँगै राखेका छन्।

त्यसैगरी जङ्गीलाल राय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहरलाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालय, महम्मद समिर बिनाविभागीय मन्त्रालयको जिम्मा तोकिएको छ। 

गएराति नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष नवनियुक्त मन्त्री महम्मद समिरले शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस