भोजपुर । दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राई बताए । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् ।
घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
माओवादीको केन्द्रीय कार्यालयमा आगजनी
संसद भवनमा आगजनी
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी