एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’

पत्रपत्रिकाबाट

बुधबार, ११ मंसिर २०७६, ०६ : ३९
एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’

काठमाडौँ । ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्‍याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी ९पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया०’ र ‘एपेन्डेक्टोमी ९एपेन्डिसाइटिस हटाउने शल्यक्रिया०’ गरिएको थियो।

सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा। रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष ९इन्टेन्सिभ केयर युनिट०मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’ रहेको उल्लेख छ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर, उपचारमा संलग्न एक चिकित्त्सकका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका ओलीको मंगलबार साँझ नै होस खुलिसेको छ। ‘उहाँ अलि अलि कमान्ड फलो गर्न सक्षम हुनु भएको छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरमै राखिएको भएपनि मिनिमल सपोर्टमा हुनुहुन्छ।’

शल्यक्रियापछि ओलीलाई ‘आइनोटोपिक सपोर्ट’ ९रक्तचापलाई नियन्त्रणमा राख्ने औषधि० पनि दिइएको छ। यस अन्तर्गत उनलाई रक्तचाप बढाउने तीनथरी औषधि दिइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई केहिबेर भेन्टिलेरमा राखेर पछि बाहिर निकाल्ने योजना बनाएका थिए। अहिले प्रधानमन्त्रीलाई ‘ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक’ ९विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधी० दिइएको छ। प्रधानमन्त्रीको मंगलबार राती नै डायलसिस पनि गर्ने तयारी गरिएको अर्का चिकित्सकले जनाए।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियोरथिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्।

‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ ९शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि० खाइ राख्नु भएको छ। यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गत आइतबार प्रधानमन्त्रीको चौथो पटक हेमोडायलसिस गरिएको थियो। ६७ वर्षिय प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा पहिलो पटक डायलसिस गरिएको २६ औं दिन चौथो डायलसिस गरिएको हो। प्रधानमन्त्री गत साउनदेखी नै मिर्गौलासम्बन्धि समस्याले चिकित्सकिय परामर्श, परिक्षण र उपचारमा छन्। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस