काठमाडौँ । मन्त्री र सचिवहरुले ठेक्कापट्टा, त्यसको स्वीकृति, निकासा र भेरियसन अर्डर लगायतका काममा प्रधामन्त्रीलाई पनि घूस दिनुपर्छ भन्ने गरेको आफूले सुनेको बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नव नियुक्तसहित सबै मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई बिहीबार साँझ निर्देशन दिँदै त्यसो नगर्न उनीहरुलाई आदेश दिएका हुन्।
‘मैले पनि सुन्ने गरेको छु, मेरो पनि नाम जोडिन्छ भनेर। प्रधानमन्त्रीलाई नै हिस्सा (घूस) चाहिन्छ, भन्ने कहीँकतै परेको छ भने त्यसप्रकारको भ्रम नपरोस्’ ओलीले भने, ‘प्रधानमन्त्रीले माग गर्छ, मन्त्रीले माग गर्छ भनेर त्यस्तो कसैले गर्छ, तपाईँ मन्त्री र सचिवहरुले चलखेल गर्नुहुन्छ भने त्यो नीति विपरीत हो।’
प्रधानमन्त्री ओलीले जनताले कस्तो गरिबीमा त काम गरेका छन् भने मन्त्री र सचिव जस्तो सुविधा, स्रोत र साधन पाएका ‘भाग्यमानी व्यक्ति’हरुले त्यस्तो गर्न नहुने र गर्नेहरुको निगरानी गर्ने बताए। ‘विकसित देशको तुलनामा हाम्रो तलब राम्रो नहोला। मन्त्रीको मात्र होइन, कामदारको पनि त राम्रो छैन’ उनले भने, ‘एकदम फेयरनेस, एकदम क्लिननेस र निकासा दिँदाखेरी, सही गर्दा खेरी, स्वीकृति गर्दा खेरी, मोबिलाइजेसन दिँदा खेरी तलदेखि माथिसम्म कतै कसैले लोभ नगरौं।’
ओलीले आफूले अनियमितता र भ्रष्टाचार नगर्न भनेर मन्त्री र सचिवहरुलाई भन्ने गरेको, अनुगमन गरेको र निगरानी गर्नलाई मान्छेहरु समेत खटाएको दाबी गरे। ‘हामी कार्यालयको ढोकामा लेख्दा म भ्रष्टाचार गर्दिनँ र गर्नदिन्न भनेर लेख्छौं तर त्यस्तो आचारण गर्छौ भने त्यो बेइमानी हो’ उनले भने, ‘जे लेख्छौं वा जे भन्छौं वा जे शपथ लिन्छौं, त्यसअनुसारको आचार गरौं।’
लगातार ५२ मिनेट मन्त्री र सचिवहरुलाई निर्देशन दिएका प्रधानमन्त्रीले सुशासन, छिटो छरितो र परिणाममुखी काम गर्न, समन्वयमा ध्यान, जनताको सुख र समृद्धि, उत्पादन वृद्धि गर्न र ढिलासुस्ती, दोहोरोपन, काम पन्छाउने प्रवृत्ति हटाउन जोड दिएका थिए। ‘म जति छट्पटाए पनि मन्त्रिपरिषद्को टिम छट्पटाएन भने के हुन्छरु मन्त्री जति छट्पटाए पनि सचिवले ध्यान दिएन भने के हुन्छरु’ प्रधानमन्त्रीले भने, ‘त्यसैले काम समन्वयात्मक ढंगले हुनुपर्यो र जनताले परिवर्तनबोध गर्ने हुनुपर्यो।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ मंसिर २०७६, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत