काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रो पटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो ।
यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइ टीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् । डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीले डायलासिस गर्दै आए पनि उनको राजनीतिक तथा प्रशासनिक सक्रियता भने झनै बढ्दै आइरहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३० कार्तिक २०७६, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा