काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रो पटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो ।
यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइ टीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् । डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीले डायलासिस गर्दै आए पनि उनको राजनीतिक तथा प्रशासनिक सक्रियता भने झनै बढ्दै आइरहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३० कार्तिक २०७६, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली