काठमाडौं । मन्त्रीपरिषद पुनर्गठन लगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका शीर्ष नेतासँग सघन छलफलमा जुटेका छन्। सभामुख चयन, संवैधानिक निकायमा नियुक्ति देखि पार्टीका आगामी कार्य योजना बनाउने चटारोसंगै प्रधानमन्त्री ओली व्यस्त बनेका छन् ।
संगठनात्मक एकतामा तीन कुनातिर फर्किएका नेताहरूले एक ठाउँमा उभिने संकेत गरेका छन्। असमझदारी हटाउँदै जान अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल एकमत देखिएका छन्। यसअघि एकलौटी निर्णय गरेको आरोप खेपेका ओलीले पछिल्ला दिनमा भने सहमतिको संस्कार बसाउन खोजेको टिप्पणी नेताहरूले गर्न थालेका छन्।
ओलीले दाहाल र नेपाललाई विश्वासमा लिन खोजेको देखिन्छ। तीन महिनायता तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालसँग उनले समझदारीको प्रयास थालेका छन्। ‘पार्टीभित्र असमझदारी बढाउने होइन, सबै शीर्ष नेता मिलेरै पार्टी र सरकारलाई गति दिने हो। त्यसको महसुस शीर्ष नेताहरुले गर्नुभएको छ’, ओलीनिकट स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ‘शीर्ष नेताहरू अविश्वास हटाई समझदारी जुटाउन लाग्नुभएको छ।’
नेताहरूबीच चरण–चरणमा छलफल भइरहेको छ। यस्ता छलफल एकले अर्का नेतालाई जानकारी गराएरै गरिरहेको बालुवाटार स्रोतले बतायो। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २९ कार्तिक २०७६, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी