काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बिच झण्डै तीन महिना पछि संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरु बिच करिब चार घण्टा छलफल भएको हो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी दिउँसो ३ बजे मात्रै बाहिरिएका थिए ।
भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणका सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए ।
नेता नेपालले आफूले व्यक्तिभन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । तीन महिनाअघि बालुवाटारमै भएको छलफलमा ओली र नेपालबीच चर्काचर्कीको अवस्था आएपछि दुई नेताबी संवाद बिहीनताको अवस्था थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ कार्तिक २०७६, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली