काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बिच झण्डै तीन महिना पछि संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरु बिच करिब चार घण्टा छलफल भएको हो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी दिउँसो ३ बजे मात्रै बाहिरिएका थिए ।
भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणका सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए ।
नेता नेपालले आफूले व्यक्तिभन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । तीन महिनाअघि बालुवाटारमै भएको छलफलमा ओली र नेपालबीच चर्काचर्कीको अवस्था आएपछि दुई नेताबी संवाद बिहीनताको अवस्था थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ कार्तिक २०७६, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी