काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग जोडिएका विषयलाई पर्यटनसाग जोडने बताएका छन् ।
राष्ट्रिय विभूती तथा किराँतधर्मका महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तीका अबसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।
ती ठाउँहरुमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको प्रधानमन्त्रीको भनाई छ । फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फूलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनले बताएका हुन् ।
पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेका थिए ।
त्यसबेलाको किराँत समुदायको सामाजिक सुधार अभियानका लागि फाल्गुनन्दले वि.सं. १९८८ वैशाखमा जारी गरेको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ । सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेकाफाल्गुनन्दले विश्व शान्ति र मानव एकताको लागि दिएको शिक्षा आज पनि मननीय छन् ।
छोरा सरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसा रहीत समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीको भनाई छ ।
फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक ओली प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिन कात्तिक २५ गतेका दिन इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि प्रधानमन्त्रीले वक्तब्यमार्फत स्मरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ कार्तिक २०७६, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली