काठमाडौँ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेको प्रहरीले जनाएको छ ।
उनीहहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी गरेर फरार भएका थिए ।
उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङसहित ४ जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडितलाई लावस र भारतको दिल्लीसम्म पु¥याई अलपत्र पारी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ