काठमाडौँ । सुजन डंगोल र सुवास बमले गोल गरेपछि नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको भुटानलाई २-१ ले हरायो। यद्यपि, नेपालले जितको लागि निकै संघर्ष गर्नुपर्यो।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको समूह ‘ए’को खेलमा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक गोल गरे। भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काएका हुन्। अब, नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ ।
समूह ‘ए’मा नेपाल र मालदिभ्ससँगै श्रीलंका र भुटान छन्। अर्को समूहमा बंगलादेश, भारत र पाकिस्तान छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल मालेमै ३ अप्रिलमा आयोजना हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साफ यु-२० च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै