काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेकी छन्।
निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमै सम्पन्न गर्न सम्भव भएको उल्लेख गरिन्। असामान्य परिस्थितिलाई व्यवस्थापन गर्दै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन योगदान दिने सबै निकायप्रति आभार व्यक्त गर्दै समग्र प्रक्रियामा संलग्न सरोकारवालाको भूमिकाको सराहना गरिन्। उनले निर्वाचन सम्पन्न हुनु देशको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने आधार भएको उल्लेख गरिन्।
उनका अनुसार चुनौतीपूर्ण परिस्थितिलाई सामान्य अवस्थामा रूपान्तरण गर्दै समयमै निर्वाचन सम्पन्न हुनु मुलुकको संस्थागत क्षमताको संकेत पनि हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक