काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो काठमाडौंको डेरा सारेका छन् । उनी हाल बुढानिलकण्ठ नगरपालिकाको इटालीटार ६ गोल्फुटार मेनरोडस्थित ‘हमाल निवास’मा सरेका हुन् ।
उनी सोमबारबाट त्यहाँ सरेको रास्वपा स्रोतले जनाएको छ । लामिछाने यसअघि काठमाडौंको हात्तिगौडास्थित सिजी अपार्टमेन्टमा बस्दै आएका थिए।
गत फागुन २१ को प्रतिनिधिसभा चुनावपछि उनको दल संसदमा पहिलो दल बनेर उदाएको छ । झण्डै दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार गठन गर्न लागेको पार्टी रास्वपाको सभापतिको हैसियतमा पछिल्लो समय बढ्दो राजनीतिक सक्रियता, सुरक्षात्मक व्यवस्थापन र भेटघाट व्यवस्थापनलाई सहज बनाउन उनी नयाँ स्थानमा सरेको रास्वपा स्रोतले जनाएको छ।
रास्वपाले चैत १२ गते बस्ने पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट संसदीय दलको नेता चयन गर्ने र सरकार गठनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ। पार्टीका वरिष्ठ नेता बालेन शाह लाई दल नेता चयन गर्ने र प्रधानमन्त्रीका रूपमा अघि सार्ने रास्वपाको आन्तरिक तयारी छ।
उक्त तयारी अनुसार चैत १३ गते नयाँ प्रधानमन्त्रीको रुपमा बालेनले शपथ लिने र सोही दिन क्याबिनेट मन्त्रीहरुको पनि शपथ हुने भएको छ । त्यसका लागि बालेन र पार्टी सभापति रवि लामिछानेका बीचमा सम्वाद भईरहेको छ ।
सोहीकारण सभापति लामिछानेको ब्यस्तता, सुरक्षा लगायतलाई मध्यनजर गरेर पहिले बसिरहेको स्थानबाट घरडेरा सारिएको रास्वपा स्रोतले जनाएको छ ।
कहाँ छ ‘हमाल निवास’ ?
उक्त घर बुढानिलकण्ठको इटालीटारमा रहेको गोल्फुटार मेनरोडमा पर्छ, जुन राजधानीको शान्त र उच्चस्तरीय आवासीय क्षेत्र मानिन्छ। यहाँ प्रायः उच्चपदस्थ व्यक्तिहरू, व्यवसायी तथा राजनीतिज्ञहरूको बसोबास भएको क्षेत्रका रुपमा चिनिन्छ । यो घर कसको भन्ने खुलिसकेको त छैन । तर घरको गेटमा हमाल निवास भनेर लेखिएकोले यो घर कुनै हमाल थर भएका ब्यक्तिको हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि