गुल्मी । शनिवार विहान गुल्मीमा बेवारिसे अबस्थामा एक महिला र दुई बालकको शव फेला परेको छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिला र अन्दाजी ७ र ८ वर्षका दुई बालकको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको प्रहरी प्रम्ुख खड्काले बताए । शबलाई पोष्टमार्टम लगायत घटनको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु