दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले बिहीबार साँझ मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु