दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, ११ : ३१
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुनेछ । 

त्यस्तै, बिहान साढे ११ बजे पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस