काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो ।
सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ । नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् । यो समाचार आजको गोरखापत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह