सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, ११ : ०४
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार

काठमाडौँ । बुधवार आएको हावाहुरी तथा पानीको कारण पोखरास्थित फेवातालमा फसेका १९ विदेशीसहित ३३ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ ।

फेवातालमा डुंगा सयर तथा घुमघामका क्रममा रहेका अचानक मौसम बिग्रिएपछि जोखिममा परेका पर्यटकहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

तीव्र हावाहुरीसँगै परेको पानीका कारण तालमा छाल बढेको र डुंगामा रहेका पर्यटकहरू सुरक्षित रूपमा किनारासम्म आउन नसक्ने अवस्था बनेपछि उद्धार टोली परिचालन गरेको थियो ।