काठमाडौं । नेपाली सेनामा तीन सय ८८ जनाको लागि जागिर खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जागिर खुलेको बताएको हो ।
सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।
खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाइ मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।
प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ ।
मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह