नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १० : २२
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ६वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ ।

अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ । उक्त हेलिकप्टर १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ)बराबरको रहेको छ ।

"अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ," रक्षा मन्त्रालय स्रोतले भन्यो, "सहयोग के कसरी लिने भन्ने बारेमा नेपाली सेनासँग छलफल भइरहेको छ ।" 

विपदको समयमा उद्धारका लागि प्रयोग हुने गरी ती हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव अमेरिकाले गरेको स्रोतको दाबी छ । अमेरिकाले यसअघि पनि नेपाली सेनालाई हेलिकोप्टर र स्काई ट्रक (विमान) अनुदान स्वरूप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस