Safal Khabar - ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)
ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान
बुधबार, १३ कार्तिक २०७६, १६ : १२
ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई कप्तान बनाउने निर्णय गरेको हो ।
क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाइ सकेका छन् । खड्काको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान चयन गरेको हो । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । 

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । 
 

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस