काठमाडौँ । नेपालका वामपन्थी धाराहरूबीच आपसी समन्वय र दीर्घकालीन एकताका लागि पहल बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
यस सन्दर्भमा नेकपा सम्बद्ध एक नेताले पार्टीको कार्य संयोजन समितिको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै विविध कम्युनिस्ट समूहहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
प्रस्तावमा विभिन्न कम्युनिस्ट समूहहरूलाई सहकार्ययोग्य शक्तिका रूपमा स्वीकार्दै वैचारिक मतभिन्नताहरूलाई मित्रवत् बहसमार्फत समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ। समान धारणा भएका विषयलाई प्राथमिकता दिँदै सहमतिको दायरा विस्तार गर्ने र असहमतिका विषयलाई क्रमशः घटाउँदै लैजाने रणनीतिले अन्ततः एकताको आधार तयार पार्न सकिने तर्क गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल