काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एक अर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।
विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताएकी हुन् ।
उनले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गरिन्।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले पछिल्लो समय मानव र पशुपंक्षीबिचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताइन्। पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग र मस्तिष्क घातजस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, १३ : ०३
लेखकबाट थप