नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ०९ : ०८
नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते

 काठमाडौं । पूर्वी नवलपरासीमा डरलाग्दो दुर्घटना भएको छ । कार र ट्रक एकआपसमा ठोक्किदा छ जनाको मृत्यु भएको छ । घटना गएराती सवा १० वजे घटेको हो ।
पूर्वी नवलपरासीस्थित कावासोती ८ को खरकट्टाको जंगलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएर डरलाग्दो दुर्घटना भएको थियो ।
 प्रहरीका अनुसार मृतकहरुमा पाँचजना मध्ये ३  जनाको सनाखत भएको छ । देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हो  । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले मृतकहरू नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा राति १ः४५ को समयमा दाङ्गबाट काठमाडौंका लागि छुटेको बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस