डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

एजेन्सी

शनिबार, २१ भदौ २०७६, १९ : ०५
डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

फाईल फोटो

बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको  छ ।
 
उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । 
समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनुभएको थियो । द्वीपबाट उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

आँधीको कारण २ सय ६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ । बहमासका स्वास्थ्य मन्त्री ड्वाने सनड्सले यस डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३० बाट उकालो लागेर ४३ पुगेको पुष्टि गर्नु भएको छ । 

यसअघि यस आँधीको प्रकोपबाट ३० व्यक्तिको मृत्यु भएको अमेरिका समाचार सञ्जाल सिएनएनले जनाएको थियो ।  यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस