सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, १३ : ४८
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उजले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गरिन् । उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।

कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् ।

उनले माइतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता समेत व्यक्त गरिन् । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरबाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेकी छिन्  

प्रतिक्रिया दिनुहोस