काठमाडौँ । नेपाल प्रहरीले ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका स्थायी बासिन्दा ५९ वर्षीय भीमा श्रीनिवासलाई पक्राउ गरिएको हो ।
उनको साथबाट बुद्ध एयरको उडान नं.यूफो ८६० मार्फत दिउँसो ३:१० बजे साथमा बोकेको खैरो रङको हाते झोला विमानस्थलको आन्तरिक टर्मिनलस्थित ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्दा ५०० दरका १,५९० वटा भारतीय रुपैयाँका नोट फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ