काठमाडौ । बाराको पचरौतामा तीन वर्षअघि भएको एक व्यक्ति हत्याको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि जेल पठाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतको बिहार, मोतिहारी जिल्ला निवासी ३० वर्षीय रंजित मुखियालाई घटनाको करिब ३ वर्षपछि पक्राउ गरिएको हो।
२०८० साल असोज ९ गते साँझ ५:५५ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नं. ६ स्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो। उक्त हत्यामा मृतककी श्रीमती सोनम सहनी, रंजित मुखिया र रूपेश कुमार महतोको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वारदात पश्चात मुखिया फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले फरार मुखियालाई यही २०८३ जेठ २० गते पचरौता नगरपालिका-४ बेल्दारीबाट फेला पारी नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको थियो।
अदालतको आदेश अनुसार मुखियालाई आज मिति २०८३ जेठ २२ गते पुर्पक्षका लागि वीरगन्ज कारागार, पर्सा चलान गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षकले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ