काठमाडौं । कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।
भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् । अब उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरूलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ ।
कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको १० अमेरिकी डलर जरिबानाको कानुनी व्यवस्था छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता