काठमाडौँ। विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले विज्ञप्ति जारी गरे जानकारी दिएको छ ।
दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।
कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।
कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणको लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अलपत्र परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीलाई सम्पर्क गर्न सक्नेछन् l
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार