एएफपी । दुई राष्ट्रहरू बिचको नयाँ युद्ध विरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियाली सैनिकहरूलाई युद्ध बन्दीको रूपमा रिहा गरेको छ ।
दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको पुरानो सीमा विवाद यस वर्ष धेरै पटक सैन्य झडपमा परिणत हुँदा डिसेम्बरमा पछिल्लो चरणको लडाइँमा दर्जनौँ मानिस मारिए र दस लाख भन्दा बढी विस्थापित भए ।
कम्बोडियाको सरकारी टेलिभिजनले देखाएको भिडियोमा रिहा भएका सैनिकहरू मध्ये केही मुस्कुराएका केहिले हात मिलाइएको र केहिले अंकमाल गर्दै सीमावर्ती प्रान्तमा बसको झ्यालबाट भीडलाई उत्साहित गर्न इशारा गरेको देखिएको छ ।
बन्दि सैनिकहरूका परिवारले परिवारको मिलनमा खुसी व्यक्त गर्दै भेट्ने प्रतीक्षा गरिरहेका छन् भने कम्बोडियाको रक्षा मन्त्रालयले १५५ दिनसम्म हिरासतमा राखिए पछि बुधबार १८ जना सैनिकलाई रिहा गरी सुरक्षित रूपमा मातृभूमिमा फिर्ता गरिएको बताएको छ ।
थाइल्यान्डको विदेश मन्त्रालयले पनि उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै सद्भावना र विश्वास प्रदर्शनको गरेको बताएको छ ।
दक्षिण पूर्वी एसियाली छिमेकीहरू शनिबार युद्ध विरामका लागि सहमत भएसँगै झडपहरू–तोप खानाको बमबारी र हवाई आक्रमण बन्द भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ पुस २०८२, १३ : २२
लेखकबाट थप