बैंकक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् ।
उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरूले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरूको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउँदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरू शिविरहरू स्थापना गरिएको बताएका छन् ।
यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको छ ।
थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित