काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सभापति थापाले गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै वडा सभापतिले सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएका थिए ।
त्यसप्रति नेता खड्काले कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आपत्ति जनाएका हुन् । उनले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘उहाँले पनि गल्ती स्वीकारे म खुसी नै हुन्छ । तर अस्ति गण्डकीमा सुने, पार्टीका नेताहरूलाई लल्कारिराख्नुभएकाे छ । पार्टीको वडा सभापतिले अद्यावधिकको काम नगरे अर्को मान्छेलाई तोक्दिन्छु, यही हो नेपाली कांग्रेस पार्टी ? लोकतान्त्रिक पार्टी ?’
उनले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउँदै विशेष महाधिवेशनकै कारणले कांग्रेस ३८ सीटमा खुम्चिएको जिकिर गरे ।
उनले भने, ‘निर्णय प्रक्रियामा केही गल्ती भएको रहेछ भने म स्वीकार्न तयार छु। कांग्रेसको विशेष महाधिवेशनकै कारणले रास्वपाले दुई तिहाइ मत पाएको हो, अहिले प्रधानमन्त्री अधिनायकवादी सोचका साथ हिँड्न थाल्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ जेठ २०८३, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’