क्वालालम्पुर (मलेसिया) । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । ब्यान्ड आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो ।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो । एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेमका सन्देश पनि प्रवाह गरे ।
गीत सङ्कलनका क्रममा अनेक स्थान पुग्दा नेपाललाई नजिकबाट चिन्ने अवसर पाएको पनि उनले सुनाए । स्वदेश पुगेका बेला ती स्थान घुम्न दर्शकलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, ११ : ५३
लेखकबाट थप