काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ ।
रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन् । भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ । खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए । तर, उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन् ।
रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ । सभापति लामिछाने पनि जेठ १८ कै आसपास भारत जाने तयारी रहेको स्रोतले बतायो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने